टोकियो ओलम्पिक – पौडी खेलाडी एलेक्सले आज प्रतिष्पर्धा गर्दै

भक्तपुर, साउन १२
टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्दैछ । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा हुनेछ ।
टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन् । एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् ।
टोकियो ओलम्पिकमा पौडीका अर्का खेलाडी गौरिका सिंहले बुधवार महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् ।