एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट

भक्तपुर ः सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न असम्भव भएपछि सरकारले सो निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । उहाँका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सो प्रस्ताव पेस गर्नुभएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । सो प्रस्ताव अनुसार मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लगेको बताईएको छ ।