ढकाल र मुनकर्मीलाई थप आर्थिक सहयोग

भक्तपुर । भक्तपुरका कोरोना संक्रमित दुई पत्रकारको उपचारका लागि थप आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहनुभएका रातोपाटी डटकममा कार्यरत पत्रकार हेमराज ढकाल र समय समाज साप्ताहिकमा आवद्ध राजुराम मुनकर्मीलाई शाखाको पहलमा थप आर्थिक सहयोग प्रदान गरिएको हो ।
महासंघको केन्द्रिय पत्रकार कल्याण कोषबाट ढकाललाई १५ हजार र मुनकर्मीलाई २० हजार आर्थिक सहयोग गरेको शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिनुभयो । ढकाल र मुनकर्मीलाई आइतवार उहाँहरुकै निवासमा पुगेर रकम हस्तान्तरण गरिएको अध्यक्ष प्रजापतिले बताउनुभयो ।


ढकाललाई यसअघि नेपाल पत्रकार महासंघ भक्तपुरको पत्रकार कल्याण कोषबाट ५ हजार, उपत्यका प्रदेशको कोभिड १९ रातह कोषबाट १० हजार र पत्रकार निशा ओलीको तर्फबाट ५ हजार २० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । त्यस्तै मुनकर्मीलाई शाखाबाट ५ र उपत्यका प्रदेशबाट १० हजार गरी १५ हजार रुपैंयाँ प्रदान गरिएको थियो ।
कोरोना संक्रमित भई ढकालको भक्तपुर अस्पतालको हाई केयर युनिट र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिको आईसीयुमा उपचार भएको थियो । त्यस्तै मुनकर्मीको काठमाण्डौं सुनधारास्थित काठमाण्डौं भ्याली अस्पतालको भेन्टिलेटरमा उपचार भएको थियो । दुवै जना हाल कोरोना संक्रमण मुक्त भएको र घरमै स्वास्थ्यलाभ गरिरहेको अध्यक्ष प्रजापतिले बताउनुभयो ।