के फेरि तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा ?

काठमाडौं ।
भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा पुग्दै गरेको नाम हो ऋतु अवस्थी । नेपाली कलाकारको अन्तिम बिन्दु पनि भारतीय चलचित्रमा अभिनय गर्नु रहन्छ। संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ देशमा , नयाँ भाषामा र नयाँ भेषमा ढलेर आफ्नो नाम बनाउन उत्तिकै कठिन। तर जहाँ समस्या त्यहीं समाधान पनि हुन्छ र त्यही समस्या सँग जुध्ने नयाँ शाहस र आत्मबल पनि बढ्दै जान्छ।तिनै समस्या र चुनौती लाई आत्मसात गर्दै भारतमा जम्न सफल भएकी एक नेपालि चेली जसले भारतीय टेलि सिरियलमा मात्र नभई बलिउडको चलचित्रमा समेत आफूलाई स्थापित गरेकी छन् ।
ऋतुको जन्म नेपालको सुदूरपश्चिमाञ्चलको डडेलधुरामा भएको हो । आफ्नी आमालाई १२ बर्षको उमेरमा गुमाउनुको पीडाले उनको बाल्यकाल निकै पीडादायी रहेको अनुमान गर्न सकिन्छ। बुबाले नै आमाको रुपमा पालन पोषण गरेपछि शोकलाई शक्तिमा बदलेर अघि बढेकी हुन्। उनले उच्च शिक्षा हासिल गर्ने क्रममा उनी छिमेकी देश भारत पुगेकी हुन् । मेडिकल शिक्षा हासिल गर्नु एकातिर कठिन रहन्छ भने समय निकालेर आफ्नो कला प्रस्तुत गर्न झन् कठिन्। तर अबस्थीलाई कठिनाईका बाबजुद त्यहीं कडा मिहिनेतले शिक्षा सँगै अभिनयको यात्रा सहज बनायो। पेशाले उनी डक्टर हुन्, उनी भारतको मणिपाल हस्पिटलमा हाड जोर्नी सर्जनको रूपमा कार्यरत छिन् ।
एकातिर बिरामीको सेवामा तल्लिन रहनु पर्ने अर्को तर्फ समय निकालेर अभिनयलाई जारी राख्नु पर्ने ऋतुले जस्तो सफलता कम नै व्यक्तिहरूले पाउन सक्छन् । साँच्चै नै लोभ लाग्दो छ उनको सफलता र त्यही सफलता हाँसिल गर्न उनले गरेको मेहेनत।
डाक्टरी सँगै ग्ल्यामरस क्षेत्रमा पनि हात हालेकी उनले भारतीय चर्चित सिरियल , कनाडा फिल्म तथा सिरियल र केही टिभि एडमा समेत काम गरिसकेकी छन् । आफ्नो काम र व्यक्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् ।
यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन । उनले भारतीय सिरियल कुमकुम भाग्य, प्यार की डोरी, माँ शक्ती, कन्नड फिल्म शिवम लगायतमा काम गरिसकेकी छन्। सिरियल फिल्म सफल भएपछि उनले विभिन्न ब्राण्डहरुको बिज्ञापनमा काम गर्ने अवसर पनि हात पारिन्।
५ फिट ९ इन्च हाइट भएकी ऋतुको परिचय कलाकार, मोडल र डक्टर मा मात्र सीमित छैन । ३० वर्षको उमेर सम्म आइपुग्दा उनी एक सक्षम बिजनेस उमन समेत बनिसकेकी छन् । उनले आफ्नै लज समेत संचालन गर्दै आएकी छन् ।
उनले कुनै एक शोबाट करिब ७० देखि एक करोड भारतीय रुपैयाँ सम्म पारिश्रमिक लिने गरेकी छन् । मेकअपमा सोखिन उनी कमाईको ठूलो हिस्सा आफ्नै सुन्दरताको लागि खर्चिन्छिन् । उनी वि एम डब्लु , मर्सिडिज , भेन्चा जस्ता करोडौं पर्ने कार चढ्ने गर्दछिन् । मेहनत ऋतुको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले उनी यो क्षेत्रमा ढिलो प्रवेश गरेर पनि राम्रो स्थान र नाम बनाउन सफल भइन् । डाक्टरी पेशा र अभिनय क्षेत्रको सफलताले उनको मात्र हैन नेपालकै नाम राख्न सफल भएकी छन्। विश्व कोरोनाको महामारीबाट गुज्रिरहेको अबस्थामा भारतबाट नेपाल आएर केही महिना देखि बिकट जिल्लामा सेवारत छिन्। आफ्नो सफलतालाई झन् उचाईमा पुरयाउन अबस्थी केही दिन मै भारत फर्किदै छिन्। आफ्नो लक्ष्य प्राप्ती पछि नेपाल फर्केर दिन दुःखीको सेवा गर्ने बताउछिन्। भारत फर्केपछि के तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा रु त्यो भने हेर्न बाँकी नै छ।